राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले पहिरोमा परी ज्यान गुमाएका तीन परिवारलाई आर्थिक सहयोग गरेको छ ।
गएको महिना असार २७ गते अविरल बर्षा सँगै आएको पहिरोले पोखरा महानगरपालिका-१९, पुरुन्चौर, पोखरा-२७, सहेलापाखा र पोखरा-३२, चैनपुरमा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको हो ।
प्राकृतिक प्रकोपबाट प्रताडित परिवारलाई मल्हमपट्टी लगाउन रास्वपाको विभिन्न तह र तप्कामा रही तत्स्थानमा पुग्नुभएका सदस्यहरुले भेटि स्वरुप र जिल्ला विपद् व्यवस्थापन समितिमार्फत विपद्मा परेकालाई आर्थिक सहयोग गरिएको जिल्ला संयोजक योगराज पौडेलले जानकारी दिए ।
पोखरा-१९ पुरुन्चौरमा पहिरोबाट परिवार गुमाएका पवन परियारलाई पन्ध्र हजार, पोखरा-२७ सहेलापाखाका भीम थापाको परिवारलाई बाह्र हजार बिस र पोखरा-३२, चैनपुरकी आरती ओझाको परिवारलाई चौध हजार पाँच सय नगद प्रदान गरिएको जिल्ला बिपद् व्यवस्थापन समिति संयोजक राजु राईले जानकारी दिए ।
बिपद् व्यवस्थापन समितिकी कोषाध्यक्ष मिनु कँडेलका अनुसार रास्वपा कास्कीले बिपद् व्यवस्थापन समिति स्थापना गरी यो बर्षातमा हुने प्राकृतिक प्रकोपबाट प्रभावित परिवारलाई नगद तथा जिन्सी सामानसहित नैतिक र भौतिक सहयोग गर्दै अगाडि बढेको छ ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो