सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या

सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या

Hatyaa

सांकेतिक तस्विर

सर्लाही । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।

७५ वर्षीय  राय सर्लाही चन्द्रनगर गाउँपालिका- १ रतनपुरस्थित आफ्नै निवासमा सोमबार बिहान १ बजे मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार उनको टाउकोको बायाँ पट्टी भागमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा आफ्नै एक तल्ले पक्की घरको सुत्ने कोठामा मृत फेला परेका थिए ।

यादव पञ्चायत काल र बहुदलीय व्यवस्थामा पटक पटक सांसदमा निर्वाचित भएका थिए ।

घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ