पोखरा । पोखराको सभागृहमा फरएभर ग्रिन एजुकेशन कन्सल्टेन्सी सञ्चालनमा आएको छ । आइतबार उक्त कन्सल्टेन्सीको सुरुवात गरिएको हो । कन्सल्टेन्सीका स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) भिसा अन्तर्गत जापान जान चाहनेहरुका लागि लक्षित गर्दै कन्सल्टेन्सी सञ्चालनमा आएको सञ्चालन तथा प्रशिक्षक विनोद रानाभाटले जानकारी दिए ।
उनका अनुसार १८ वर्षभन्दामाथिका युवाहरु जो जापान जान चाहन्छन्, उनीहरुले स्पेसिफाइड स्किल्ड वर्कमा एप्लाई गर्न सक्नेछन् । औपचारिक शैक्षिक प्रमाणपत्र नभएपनि कुनै क्षेत्रमा स्किल भएको तथा जापानीज भाषा ४ लेभल पास गरेकाले एप्लाई गर्न सक्ने रानाभाटले सुनाए । कन्सल्टेन्सीले भाषा कक्षा पनि सञ्चालन गरिरहेको उनको भनाइ थियो ।
जापान सरकारले नेपाल लगायतका देशहरुबाट स्किल्ड वर्क कामदार भित्र्याउन विभिन्न देशसँग एसएसडब्लु सम्झौता गरेको छ । सोही भिसा अन्तर्गत आफूहरुले न्यूनतम शुल्कमा नेपालीलाई जापान पठाउने अर्की सञ्चालक लक्ष्मी कोइरालाले जानकारी दिइन् । कोइरालाका अनुसार १० वर्ष बढी जापान बसेर फर्केका ४ साथीहरुले कन्सल्टेन्सी खोलेका हुन् । विनोद रानाभाट, लक्ष्मी कोइराला, शिल्पा पुन मगर र मञ्जु थकाली मिलेर कन्सल्टेन्सी सञ्चालकमा ल्याएका हुन् । उनीहरुले आफूहरुले जापान बाहेक अन्य देशका लागि काम नगर्ने बताए ।
‘एसएसडब्लुसँगै हाम्रो कन्सल्टेन्सीले जापानको भिजिट भिसाका लागि पनि काम गर्छ । त्यो बाहेक अहिले अन्य देशका लागि काम गर्दैनौं,’ सञ्चालक कोइरालाले जानकारी दिइन् । जापान सरकारले एसएसडब्लुमा कामदार लगेर स्वदेश फर्किसकेपछि जापानमा ‘अन द जब’ तालिम मार्फत हासिल गरेको सीप र ज्ञान साझा गरेर अन्तर्राष्ट्रिय योगदान प्रदान गर्ने लक्ष्य लिएको छ ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो