काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले आफूलाई लागिरहने ‘स्टन्टबाजी’ को ट्यागबारे सदनबाटै जवाफ दिएका छन् ।
आज प्रधानमन्त्री केपी शर्मा ओलिलाई पार्टीले विश्वासको मत नदिने जानकारी गराउने क्रममा उनले यो ट्यागबारे पनि अभिव्यक्ति दिएका हुन् । उनका अनुसार स्टन्टको पर्याय आँट हो । आफूले त्यसलाई आँट, विधि, न्याय र साहस भन्ने हुँदा सके अरुलाई पनि स्टन्ट गर्न उनले चुनौतीसमेत दिएका छन् ।
जुन ढंगले सरकार बन्यो र जस्तो संकेत सुरुवातमा बन्यो त्यसले आफूहरुलाई झस्काको उनले बताए । जहाँ–जहाँ आफूले प्रश्न उठायो त्यहाँ– त्यहाँ पुरस्कार दिने वातावरण बनेपछि झस्किएको उनको दाबी छ । बालमन्दिर, भुटानी शरणार्थी प्रकरणलाई उदाहरणको रुपमा पेश गर्दै उनले रोस्टममार्फत यस्तो बताएका हुन् ।
सभापति लामिछानेले २५ वटा ठूला काण्डमा समिति बनाएर छानविन गर्ने भनेर आफूले गृहमन्त्री तथा उपप्रधानमन्त्री हुँदा गरेको निर्णयलाई निरन्तरता दिन पनि उनले सरकारलाई आग्रह गरेका छन् । ०३४ वर्षमा देशमा यत्तिको निराशा आफूले कहिल्यै नदेखेको र यत्तिका समय देशको हरिविजोग बनाएको भन्दै उनले कांग्रेस र एमालेलाई इंकित गरे ।
सदनलाई विरोधका नाममा सुन्न पनि नसकिने बहस हुन थालेको जुन गम्भीर भएको उनले बताए । उपसभामुख इन्दिरा राना मगरमाथि सदन यति निमर्म भएको उनको आशय थियो । जेलमा रहेका बाबुआमाका बालबालिकालाई पढाउने रानालाई मानव तस्करको आरोप लगाएर सदन निर्मम बनेको उनले बताए ।
३४ वर्षसम्म कांग्रेस र एमालेको छवि देखिसकेको र अब केही देख्न बाँकी नभएको बताउँदै उनले बलिदानको नाममा देशकै हुर्मत नलिन पनि सत्तापक्षलाई आग्रह गरेका छन् ।
हामीले अनुसन्धान गरिरहेको व्यक्ति बालकोट गएर गीत गाएपछि झस्कियौँ
लामिछानेले आफू सरकारमा हुँदा अनुसन्धान जारी राखेको व्यक्तिले बालकोटमा बसेर गित गाइरहेको टिप्पणी गरेका छन्।
निवर्तमान उपप्रधान तथा गृहमन्त्री रहेका लामिछानेले बालमन्दिरको जग्गा हिनामिनाबारे अनुसन्धान गरिरहँदा बालकोटमा गित गाइरहेको थाहा पाएपछि आफूहरू झस्किएको बताएका हुन्। उनको यो भनाइ उद्योगी तथा कांग्रेस सांसद विनोद चौधरीप्रति लक्षित छ। बालकोट अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको निवास हो।
‘सरकार सुरु हुने वित्तिकै हामीले अनुसन्धान गरिरहेको विषय, हाजिरी जमानीमा छुटेको व्यक्ति बालकोटमा गीत गाउँदै हुनुहुन्थ्यो’, कांग्रेस सांसद विनोद चौधरीतर्फ संकेत गर्दै उनले भने, ‘बाँसबारी छालाजुत्ताको विषयको अनुसन्धान चलिरहँदा गीतको आवाज आयो बालकोटबाट, त्यहाँ हामीलाई शंका भयो ।’
मन्त्रिपरिषद् गठनमा पनि आफूहरुले जजसको विषय उठाएको थियो, उनीहरुलाई पुरस्कार दिएको देखिएको बताए । ‘नक्कली भुटानी शरणार्थी शिविरमा पुनः अनुसन्धान सुरु भयो, मन्त्रिमण्डलमा को गयो देशलाई राम्रोसँग थाहा छ’ परराष्ट्रमन्त्री आरजु देउवा राणातर्फ संकेत गर्दै उनले भने ।
‘हामीले बालमन्दिरको विषय उठायौं, त्यहाँ पनि पुरस्कार । स्काउटको विषय हामीले उठायौं, फेरि मन्त्रिमण्डल हे¥यौं’ उनले अगाडि भने, ‘जहाँजहाँ हामीले विषय उठायौं, त्यहाँ त्यहाँ पुरस्कार पुरस्कार पाएपछि हामीले कसरी विश्वास गर्ने ?’
यद्यपि प्रधानमन्त्री ओलीले संसदमा प्रतिवद्धता व्यक्त गरेअनुसार भए गुण र दोषका आधारमा प्रतिपक्षमा बस्ने बताए । रास्वपा सभापति लामिछानेले भने, ‘२५ वटा काण्डमा छानबिन सुरु गर्छौं भनेका थियौं, यो निर्णयको निरन्तरताका लागि अपील गर्न चाहन्छु ।’
उनले यही कारणले पनि आफ्नो दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको सुनाए। उनले प्रधानमन्त्रीले देश अस्थिरताको भूमरीमा फसेको भन्दै बोलेको अभिव्यक्ति दिएकोप्रति उनले प्रश्न उठाए। उनले ३० वर्षभन्दा धेरै सत्ता वरपर रहेकाले देश बिग्रियो भनेको भन्दै उनले भने,’हामी त दुई पटक गरेर पाँच महिना सरकारमा छौँ। तपाईँहरू ३४ वर्ष हाराहारी हुनुहुन्छ। यो पाँच महिनाको जिम्मा हामीलाई दिएर बाँकी समयको जिम्मा लिने हिम्मत छ?’
सम्बन्धित खबर
समाजवादी प्रेसका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष नै एमाले निकट चौतारी प्रवेश
कांग्रेसको निष्कर्ष: एमालेसँग कुनै समस्या छैन, सरकार चलाउन कुनै अफ्ठेरो छैन
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमण घटनाप्रति कांग्रेसको ध्यानाकर्षण
टुँडिखेल र खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई बाँड्न अध्यादेश जारी भयो: मेयर बालेन
कांग्रेसका सबै मन्त्रीलाई बोलाइयो बूढानीलकण्ठ
सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी