काठमाडौँ- एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यङ्ग्य गरेका छन्।
उनले पूर्ववर्ती गठबन्धनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच ‘स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने’ भनिएकोमा ओलीले लात्तीले हानेर आफूचाहिँ स्वर्गतिर लागेको बताए।
प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले पेस गरेको विश्वासको मत लिने प्रस्तावको छलफलमा उनले ओलीलाई आत्मालोचना गरेर समाजवादी बाटोमा जान अनुरोध गरे।
‘पाँच वर्ष स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने भनिएको आफू स्वर्गतिर लाग्यो अर्कोलाई लात्तीले हिकाएर नर्कतिर पठायो,’ उनले भने। कसमको भुल भुलैया सिर्जना गरेर डंका पिटिएको उनले बताए।
नेपालले कांग्रेस र एमालेले १७ असारको मध्यरातमा गरेको सहमतिलाई छलछामको संज्ञा दिए। ‘छलछामयुक्त सहमतिले जनतामा निराशायुक्त क्यान्सर निवारण गर्न सक्नुहुन्छ कि हुँदैन ?,’ उनले भने।
नियत खराब नभएको भए मध्यरातमा किन सहमति गर्नुपरेको भन्दै उनले प्रश्न गरे। खुला छलफल गरेर एजेन्डा मिल्नेसँग सहमति गर्न सकिने नेपालले बताए।
उनले प्रधानमन्त्रीलाई आत्मालोचना गर्ने प्रवृत्तिको विकास गर्न पनि ओलीलाई आग्रह गरे।
‘तपाईले पनि कहिलेकाहीँ आत्माआलोचना गर्दा सहकर्मीहरू, सहयात्रीहरू, कम्युनिष्ट पार्टीहरू र नेपाली जनताहरू खुशी पो हुन्छन् कि त्यसकारण विगतलाई समीक्षा गर्दै आत्मआलोचना पनि गर्ने फुर्सद निकाल्नुहोला सामान्य अनुरोध,’ उनले भने।
उनले ओलीलाई सामान्य अनुरोधबाहेक अरू केही गर्न नसक्ने बताए। तर नेतृत्वमा पुग्ने व्यक्ति विश्वासयोग्य इमानदार र प्रतिष्ठा कायम गरेको र जनताले गौरव गर्ने आलोचना सुन्न सक्ने हुनुपर्ने नेपालले बताए।
‘यदी जनताले स्थायित्व नै खोजेको भन्ने ठानिएको हो भने दुइटा पार्टीको एकता आवश्यकता थियो? एउटै पार्टीले बहुमत ल्याएकै थियो विगतमा यो अनुभव तपाईंमा पनि थियो नि।किन टिकाउन सकिएन, बहुमतको सरकार किन टिकाउन सकिएन? किन समझदारी कायम राख्न सकिएन र असमझदारी हल गर्न सकिएन? यसको अलिकति भएपनि समय निकालेर आत्मालोचनाको भावनामा चलेर काम गर्नुहोला,’ उनले भने।
सम्बन्धित खबर
‘थाइल्याण्ड भ्रमण सफल, दुई देशबीच आठ सम्झौता’
‘रविलाई राजनीतिबाट बिदा गरेर पार्टी निर्माणमा लागौँ’ – रास्वपा संस्थापक महामन्त्री ढकाल
घरबाटै पक्राउ परे रवि लामिछाने
रवि लामिछानेलाई थुनामा पठाउने आदेश, बुटवलमा १ करोड धरौटीमा छाड्ने आदेश उल्टियो
दुर्गा प्रसाईंलाई कमान्डर तोक्नु नै गलत भयो: राप्रपा
कुलमानले भने: ‘एउटा मन्त्रीको गलत नियतले संस्था लथालिंग हुने अवस्था छ’
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर