प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा छाएको निराशा चिर्न नेपाली कांग्रेस र नेकपा (एमाले) ले सहकार्य गरेको बताएका छन्।
प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले देशलाई विकास र समृद्धितर्फ हिँडाउन बलियो प्रणाली नभइकन नहुने बताए।
‘बिनास्थायित्व बलियो प्रणाली नबन्ने रहेछ भन्ने कुराको हामी आफैं साक्षी हांै। म आज प्रतिपक्ष लक्षित कुनै टिप्पणी गर्न चाहन्नँ। तर, यति चाहिँ भन्छु— नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता बलिया पार्टीले पटकपटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय समातेन। सरकारले थिति बसाल्न सकेन। थिति बसाल्ने रुचि पनि राखेन। जसको कारण समाजमा अनेकन् दुषित परिणाम निस्कने खतरा बढ्यो।’
त्यसलाई दुई दलले टुलुटुलु हेरेर बस्न नसकेको बताए।
‘यही कुरालाई आत्मसात् गरी पुरानो सरकारको ठाँउमा यो नयाँ सरकार बनाएका हौं। हामी सबैलाई थाहा छ— नेकपा (एमाले) र नेपाली कांग्रेस प्रतिस्पर्धी पार्टी हुन्। हामी विचारमा प्रतिस्पर्धा गर्छौं। तर खास समयमा यी दुई पार्टीले सहकार्य गरेका छन् र देशलाई परिणाम पनि दिएका छन्,’ उनले भने।
उनले २००७ सालमा राणा शासनको अन्त्यका लागि एक भएको सन्दर्भ उल्लेख गरे। त्यस्तै २०४६ सालमा निरकुंश पञ्चायत फाल्न एक भएको पनि स्मरण गरे।
उनले २०६२÷६३ मा देशमा फैलिएको सशस्त्र हिंसाको आगो निभाउन र राजतन्त्र फाल्न एकमत भएको र त्यसैको जगमा अरु शक्तिलाई साथमा लिंदै यी दुई पार्टीले संविधान निर्माणको नेतृत्व गरेको पनि बताए।
पूर्णपाठ
KP-oli-sambodhan-2081 04 06
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने