सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

sun gold

पोखरा । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १३ सयले घटेको छ।

आज छापावाला सुन प्रतितोला एक लाख ४६ हजार २ सय र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ५ सय र र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार ८ सयमा कारोबार थियो।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपियाँले घटेर १ हजार ८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds