अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

US dollar_

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले यस दिनका लागि डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ १७ पैसा तोकेको छ । यसअघि शुक्रबार बिक्रीदर मूल्य १३४ रुपैयाँ १५ पैसा थियो । त्यस्तै खरिददर मूल्य १३३ रुपैयाँ ५७ पैसा छ ।

साउदी रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ७७ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ६१ पैसा छ । कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ७९ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ६३ पैसा तोकिएको छ । रियाल शुक्रबारको तुलनामा स्थिर छ ।

मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ६२ पैसा र खरिददर मूल्य २८ रुपैयाँ ४९ पैसा छ । यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ५३ पैसा र खरिददर मूल्य ३६ रुपैयाँ ३७ पैसा छ । एक क्यानेडियन डलरको बिक्रीदर मूल्य ९७ रुपैयाँ ८७ पैसा छ भने अस्ट्रेलियन डलरको ८९ रुपैयाँ ८४ पैसा छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ