काठमाडौँ । सत्ता विमुख हुने निश्चित रहेका बखत बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आज संसद् फेस गर्ने भएका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका हुन् ।
नयाँ समीकरणअनुसार सरकार निर्माणको तयारी थालेका कांग्रेस एमालेले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएका छन् । केन्द्रीय सहमतिअनुसार एमालेसँगका सहकार्यमा प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने गरी अघि बढेका दुवै दलले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्ने भएका हुन् ।
प्रदेशसभामा एमालेका २७ सांसद रहेका छन् । प्रदेशसभामा कांग्रेसको ३७ सांसद रहेका छन् । राप्रपा र नेमकिपाले पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ । प्रदेशसभा राप्रपाको १३ जना सदस्यहरू रहेका छन् । प्रदेशसभाको सशक्त प्रतिपक्षको रूपमा छवि बनाएको नेमकिपाले पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ । विगतदेखि नै प्रतिपक्षमा रहँदै आएको सो दलले यसपटक पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नलिने निर्णय गरेको हो ।
मुख्यमन्त्री जम्कट्टेलको पक्षमा २९ मत प्राप्त हुने देखिन्छ । ११० सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ५६ सांसदको समर्थन आवश्यक रहन्छ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र साझेदार दल एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टी समेतको गरी २९ मत प्राप्त हुने देखिन्छ । यता हाम्रो नेपाली पार्टीको २ मध्ये एक सांसदले मुख्यमन्त्री जम्कट्टेलको पक्षमा मतदान गर्ने भएका छन् । सो दलको एक सांसद भने विश्वासको मतबारे निर्णय हुन सकेको छैन ।
लुम्बिनी प्रदेशमा पनि चौथो अधिवेशनको बैठक आज १ बजेलाई बोलाइएको छ । लुम्बिनी प्रदेश सभाले २४ औँ बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले वक्तव्यसहित आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्ताव माथि छलफल भई उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री दिने सम्भावित कार्यसूची रहेको रहेको छ ।
माओवादी संसदीय दल नेता महरा एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अहिले मुख्यमन्त्री महरासँग माओवादीका १०, नेकपा एस र राष्ट्रिय जनमोर्चा एक-एक गरी १२ जनाको मात्रै समर्थन रहेको देखिन्छ ।
बागमती र लुम्बिनी दुवै प्रदेशमा मुख्यमन्त्रीले बहुमत गुमाएकोले उनीहरू आजै सत्ता बहिर्गमन हुने निश्चित देखिएको छ ।
राजीनामा दिने मुडमा जम्कट्टेल
यद्पी, विश्वासको मत प्राप्त नहुने निश्चित भएपछि बागमती प्रदेश सभाबाट मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा परेका थिए ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभा बैठकमा आफ्नो भनाइ राख्ने र पदबाट राजीनामा दिने गरी सत्ता गठबन्धनमा रहेका दलहरूबीच पछिल्लो पटक छलफल भएको थियो ।
सम्बन्धित खबर
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
निर्धारित समयमा चुनाव आजको आवश्यकता : नेता नारायणकाजी श्रेष्ठ
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला