सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग गरिएको सात बुँदे लिखित सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन्।
महामन्त्री थापाले असार ६ गते (भोलि) प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिने क्रममा संसदमा सोबारे संशय नहुने गरी स्पष्ट धारणा राख्नुपर्नेसमेत बताए।
जय नेपाल फाउण्डेशनले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीबीच विगतमा पनि धेरैपटक धोकाधडीको राजनीति भएकाले सरकार आलोपालोमा चलाउनेलगायतका दुई पार्टीबीच भएको लिखित ७ बुँदे सहमति कार्यान्वयन हुनेमा सबै मानिसमा संशय रहेको जिकिर गरे।
उनले भने, ‘नेताहरुप्रति विश्वासनीयताको ठूलो परीक्षा छ यस पटक। कांग्रेस–एमालेबीच जुन हस्ताक्षर गरिएको छ, सरकार आलोपालो चलाउने, यो गर्ने उ गर्ने भनेर भन्ने कुरा छ। यो तलमाथि हुँदै गर्दाखेरी यो अन्तिम भने पनि हुन्छ। पार्टीभित्र अहिले हाम्रो सभापतिजी हुनुहुन्छ। ओलीजी अध्यक्ष रहनुभएको एमाले छ। उहाँहरुले हस्ताक्षर गर्नुभएको हो यो। उहाँहरु एकअर्काबीच यति धेरै धोकाधडी भइसकेको छ कि मानिसहरुको मनमा संशय छ। तर यो उहाँहरुले प्रमाणित गर्नु पर्छ। कांग्रेसको तर्फबाट हामी प्रमाणित गर्छौँ। नेकपा एमालेका तर्फबाट गर्ने काम उहाँहरुको हो।’
महामन्त्री थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अन्य दललाई सधैँभरी झुक्क्याउन सक्छु भन्ने भ्रम र चकचकको कारणले कांग्रेस र एमालेले मिलेर सरकार बनाउनुपर्ने अवस्था आएको पनि उल्लेख गरे। उनले आफू एमाले माओवादीसहितका दलहरु मिलेर बनेको सरकारलाई चलाउने पक्षमा नभए पनि दाहाल स्वयंले नयाँ सरकार बनाउने परिस्थिति निर्माण गरेको बताए।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो