स्याङ्जा स्रष्टा सदनको अध्यक्षमा पशुपति शर्मा र्निविरोध चयन भएका छन् ।
काठमाडौंमा सम्पन्न सदनको चौथो वार्षिक साधारणासभा तथा दोस्रो अधिवेशनबाट शर्मा अध्यक्ष पदमा र्निविरोध चुनिएका हुन् ।
वरिष्ठ उपाध्यक्षमा शिव हमाल, प्रथम उपाध्यक्षमा खुमन अधिकारी, द्वितीय उपाध्यक्षमा शंकर बिरही गुरुङ, महिला उपाध्यक्षमा भिमु गुरुङ चयन भएका छन् भने महासचिवमा धनश्याम रिजाल दोहोरिएका छन् ।
उपमहासचिवमा अर्जुन थापा, कोषाध्यक्षमा सुजन लम्साल, सचिवमा रमेश बाबु थापा र प्रसाद लामिछाने, सहकोषाध्यक्षमा शिशिर पौडेल निर्विरोध चयन भएका छन् ।
सदनको प्रवक्तामा ज़िम्मेवारी भने चेतन गोतामेलाई दिएको छ । सदस्यहरुमा राजु गुरुङ, माया गुरुङ, कमला गैह्रे, प्रकाश पराजुली, दिनेश क्षेत्री, सुनिता नेपाली, यज्ञ सापकोटा, अस्मिता रणपाल र पवित्रा काफ्ले चयन भएका छन् ।
अर्थ मन्त्रालय सह सचिव डा. टोकराज पाण्डे प्रमुख अतिथी रहेको कार्यक्रममा आॉंधिखोला गाउँपालिकाका प्रमुख विश्व पौडेल, गृह मन्त्रालयका उपसचिव शशि लम्साल ,काठमाडौँ महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष ख्यामप्रसाद तिवारी, संरक्षक वरिष्ठ कलाकार पुरुषोत्तम न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा अवैध सामान बरामद, तीनजना पक्राउ
आँधीखोलामा सर्पदंश प्राथमिक उपचार केन्द्र स्थापना
ऐतिहासिक काल्खु मेला: भलिबलको उपाधि कालीकोटलाई
पत्रकारविरुद्ध प्रशासनले दर्ता गरेको उजुरीप्रति महासंघको सीडीओलाई ध्यानाकर्षणपत्र, प्रशासनले उजुरीलाई काउन्सिल पठायो
स्याङ्जाबाट मोटरसाइकल चोरी गर्ने कास्कीका दुईजना पक्राउ
स्याङ्जाको काल्खु मेलामा प्रिक्वाटर सकियो
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध