श्रीलंकाको डम्बुलामा सुरु भएको ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले विजयी सुरुवात गरेको छ ।
नेपालले शुक्रबार सम्पन्न आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स यूएईलाई ६ विकेटले हराएर इतिहास रचेको छ ।
११६ रनको औसत चुनौति पाएको नेपाललाई विजयी बनाउन सम्झना खड्काले विष्फोटक पारी खेलिन् । उनले पहिलो अन्तराष्ट्रिय अर्धशतक बनाउदै नेपाललाई सहजै जित दिलाइन् । सम्झनाले ४५ बलमा ७२ रन हानिन् ।
यसअघि युएइलाई औसत स्कोरमा रोक्न कप्ताल इन्दु वर्माले महत्वपूर्ण भूमिका खेलिन् । उनले ३ विकेट चट्काएकी थिइन् ।
टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १६.१ ओभरमा केवल चार विकेट गुमाएर एक सय १८ रन बनाउँदै विजय लक्ष्य पार ग¥यो ।
नेपाललाई महत्वपूर्ण जित दिलाउन बलिङतर्फ कप्तान इन्दू बर्मा र ब्याटिङतर्फ सम्झना खड्काले महत्वपूर्ण योगदान गरे । इन्दूले तीन विकेट लिइन् भने सम्झनाले उत्कृष्ट अर्धशतकीय पाली खेलिन् । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक प्हर गर्ने क्रममा २४ वर्षीया सम्झनाले अविजित ७२ रन बनाइन् ।
सम्बन्धित खबर
केपी ओली टी–२० क्रिकेट जारीः काठमाडौं र हेटौडाको जित
पोखरा २० भलाममा छात्र/छात्रा ५ र ३ किमि दौड चैत्र २९ गते हुँदै
ल्वाङगाउँमा ३१ औं चैत्र दशैं मेला हुने, भलिबलको उपाधि राशी १ लाख १० हजार
चैत २९ देखि प्रथम एलिट भलिबल कप हुँदै, बचत रकम खेलाडी उत्पादनमा खर्चिने
आजबाट केपी ओली कप: पहिलो खेलमा पोखरा महानगरपालिका र स्याङ्जा भिड्दै
जिल्ला खेलकुद विकास समिति स्याङ्जाको अध्यक्षमा रेग्मी दोहोरिए
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर