पोखराको हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरको मृत्यु

पोखराको हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरको मृत्यु

चार दिन अघि यसै ठाउँमा डुबेर एक युवकको मृत्यु भएको थियो

harpan khola1

पोखराको हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर २ युवकको मृत्यु भएको छ।

शुक्रबार दिँउसो ३ः४५ बजेको समयमा पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा दुई युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–१ मोहरिया टोल बस्ने १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क बस्ने १८ वर्षीय स्वयम् ताम्राकार रहेको प्रहरीले जनाएको छ ।

पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका उनीहरूको गोताखोरसहित प्रहरी टोलीले दिँउसो ०४ः४५ बजे शव फेला पारेको हो । दुवै जनाको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

उनीहरु ६ जनासाथी मिलेर पौडी खेल्न गएको र अन्य ४ जना सकुशल रहेको प्रहरीले जनाएको छ।

चार दिन अघि साउन १ मा मात्रै यसै ठाउँमा डुबेर धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ७ लपाङ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ८ नागढुंगामा ससुराली बस्दै आएका २५ वर्षीय सन्तोष सिंखडाको मृत्यु भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds