त्रिभुवन विमानस्थलबाट सुनसहित ३ जना पक्राउ

त्रिभुवन विमानस्थलबाट सुनसहित ३ जना पक्राउ

pakrau

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेहरूमा बाग्लुङ नगरपालिका–४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मी सत्यवती गाउँपालिका–२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका–२४ घर भएका ४३ वर्षीय साहेव देवन रहेका प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ५२ ग्राम सुन (बाला २ थान, औँठी १ थान र चन्द्र बिन्दु १ थान) बरामद गरेको छ । हिमालयन एयरलाईन्सको उडानद्वारा नेपाल आएका शम्सेर र नुम बहादुरलाई जनही ९÷९ हजार रुपैयाँ दिएर भन्सार छली गरेको खुलेको छ ।

उक्त सुन विमानस्थल एरियाको पार्किङ क्षेत्रबाट साहेवले संकलन गर्ने गरेको प्रहरीको भनाइ छ ।

उनीहरूमाथि थप अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरनमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds