मुस्ताङमा ढिस्कोमा पुरिएर २ मजदुरको मृत्यु

मुस्ताङमा ढिस्कोमा पुरिएर २ मजदुरको मृत्यु

death body

मुस्ताङ । मुस्ताङको घरपझोङ–५ ढुम्बामा ढिस्कोमा पुरिएर २ जना मजदुरको मृत्यु भएको छ।

शुक्रबार दिउँसो करिब १ बजे ढुम्बा स्थित कुछप तेरङगा गुम्बाको नाली खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर पुरिएपछि २ जना मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

प्रहरीका अनुसार सर्लाही लालबन्दी नगरपालिका–१५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङ गढवा गाउँपालिका–१ का २३ वर्षीय रवि दर्लामी मगरको घटनास्थलमै मृत्यु भएको हो।

पुरिएको शव बाहिर निकालिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ