पोखरा नागढुङ्गा सुकु हत्याकाण्डका आरोपी ८ महिनापछि पक्राउ

अपराध

पोखरा नागढुङ्गा सुकु हत्याकाण्डका आरोपी ८ महिनापछि पक्राउ

गैँडाकोटमा पक्राउ परे सञ्जय

Hotel Unik

पोखरा, नागढुंगास्थित युनिक होटलमा गत मंसिर ५ गते भएको हत्याकाण्डको आरोपी ८ महिनापछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगरपालिका वडा नं. ९ मल्मका २९ वर्षीय सञ्जय बिक छन् ।

तनहुँ भिमादकी ३८ वर्षिया सुकु विक होटलमा मृत भेटिएकी थिइन् । उनी एक पुरूषसँग उक्त होटलमा बसेकी थिइन् ।

बिकलाई साउन २ गते बिहान गैँडाकोट २ हर्कपुरस्थित डेराबाट पक्राउ गरिएका कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । उनी श्रीमती र छोरालाई पोखरामै छाडेर गैँडाकोटमा कोठा लिएर लुकिछिपी बस्दै आएको प्रहरीले जनाएको छ ।

मृत भेटिएकी सुकु हाेटल यूनिक नजिकैकाे शिला रेष्टुराँमा काम गर्थिन् । मंसिर ५ गते साँझ ६ बजेर ५० मिनेटतिर सुकु एक पुरुषसहित युनिक होटलमा पुग्छिन् । सुकुसँग होटलमा गएका पुरुषले निलो रंङको हुड, टोपी र मास्क लगाएका थिए ।

तर, होटलमा सीसीटिभी जडान नभएकाले प्रहरीले बलियो प्रमाण पाउन सकेन । नाम पनि थाहा नहुँदा प्रहरीलाइ अनुसन्धान गर्न कठिन भयो ।प्रहरीले सुरूमा होटल सञ्चालकसहित ५ जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो।

सञ्जय भने भारत भागे । यद्यपी, प्रहरी निरन्तर अनुसन्धानमा लागिरह्यो। सञ्जय पनि शंकाकै घेरामा थिए ।

प्रहरीका अनुसार सञ्जय सुकुसँग सँगै बसेको र उनले सुकुको घाँटी थिची हत्या गरेको विभिन्न अनुसन्धानले पुष्टि गरेको छ ।

कास्की प्रहरी प्रमुख एसपी मोहन कुमार थापाका अनुसार पक्राउ परेका सञ्जयले सुकुको हत्या गरेर साथमा रहेको आइफोन थर्टिन प्रो म्याक्स र सुनको २ थान टप र सिक्री लुटेर भागेका थिए ।

प्रहरीले अनुसन्धान गर्दैजाँदा उक्त फोन महोत्तरी बर्दीबास–७ का राजेश बुढाथोकीको साथबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले फेला पारेको थियो । त्यसपछि अनुसन्धान गर्दैजाँदा उक्त मोवाइल बाग्लुङ गलकोट ९ स्थायी घर भइ पोखरा ७ घारीपाटन बस्ने संजय बिकसंग ४० हजार ५ सयमा खरीद गरेको खुल्न आयो । यसैबाट प्रहरी सुकुको हत्या सञ्जयले नै गरेको निस्कर्षमा पुगेको हो ।

प्रहरी उपरीक्षक थापाका अनुसार सञ्जयले हत्या गरेको साबिती बयान दिएका छन् । सञ्जय २०७२ सालमा चोरी मुद्धामा २ वर्ष जेल सजाय भोगेर निस्केका थिए । उनीविरुद्ध २०७३ साल ५ महिना १ गते वडा प्रहरी कार्यालय बैदाममा अभद्र व्यवहार कसुरमा मुद्धा समेत चलेको थियो ।

सम्बन्धित समाचारः

पोखरा नागढुंगाको युनिक होटलमा भिमादकी सुकुको शंकास्पद मृत्यु

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds