घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

sun gold

पोखरा । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ।

सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुन प्रतितोलाको ३ सयले घटेको छ।

आज छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ५ सय र तेजाबी सुन प्रतितोला एक लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

यसअघि, बुधबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ८ सय र तेजाबी सुन प्रतितोला एक लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपियाँले घटेर तोलाको १ हजार ८६० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ