पोखरा । युनाइटेड क्लब पोखराले पोखरा बहुमुखी क्याम्पसमा एक लाख रुपैयाँकाे छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । क्लबले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई लक्षित गरी एक लाखको अक्षयकोष स्थापना गरेको हो ।
क्लबका अध्यक्ष राजु श्रेष्ठ, शिक्षा उपसमिति संयोजक गणेश तिमिल्सिनालगायतले पोखरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्र लालचन, क्याम्पस प्रमुख शिशुकला पराजुली, क्याम्पस आइक्यूएसी प्रमुख महेन्द्रप्रसाद रिमाललाई चेक हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष लालचनले युनाइटेड क्लबले जेहेन्दार विद्यार्थी अध्ययन गर्ने क्याम्पसमा अक्षयकोष स्थापना गरेकोमा धन्यवाद ब्यक्त गरे ।
युनाइटेड क्लबको सहयोगले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई कालान्तरसम्म शिक्षामा सहयोग पुुग्ने उनको विश्वास छ ।
युुनाइटेड क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटनको क्षेत्रमा पुुर्याएको योगदानको कदर गर्दै उनले क्याम्पसमा दिउँसोको समयमा विभिन्न ठाउँमा जागिर गर्दै बिहानको समयमा विद्यार्थी अध्ययन गर्ने गरेको बताए । युनाइटेड क्लब पोखराको सहयोगले शिक्षामा थप उर्जा मिलेको अध्यक्ष लालचनले बताए ।
क्याम्पस प्रमुख पराजुलीले शिक्षाबाट बञ्चित भएका जो कोही विद्यार्थीलाई शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित क्याम्पसको अभियानमा जोडिएकोमा युनाइटेड क्लबप्रति आभार प्रकट गरिन् । उनले युनाइटेड क्लबको गतिविधिप्रति त्यसको सिको सबैले गर्नुपर्नेमा जोड दिइन् ।
क्याम्पस आइक्यूएसी प्रमुख रिमालले युनाइटेड क्लब क्याम्पसको शैक्षिक विकासको लागि अक्षयकोष स्थापना गरेकोमा आभार प्रकट गरे ।
उनले अक्षयकोषलाई विद्यार्थीले बिउको रुपमा लिनुपर्ने भन्दै पोखरा महोत्सवमा टिकट काटेर सहभागी भएकालाई सो रकम फिर्ता अभियानका रुपमा आफूले लिएको बताए ।
आगामी मंसिर १६ गते क्याम्पसको वार्षिकोत्सवको अवसरमा अक्षयकोषबाट जेहेन्दार तथा विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति वितरण कार्यक्रममा क्लबलाई समेत निमन्त्रणा गर्ने रिमालले बताए ।
क्याम्पसकी विद्यार्थी अस्मिता ठकुरीले युनाइटेड क्लबले क्याम्पसमा अक्षयकोष स्थापना गरी विद्यार्थीको पढा प्रति लगाव राख्न थप मद्दत गर्ने दावी गरिन् ।
युनाइटेड क्लबले स्थापना कालदेखि हालसम्म आइपुुग्दा एक दर्जन बढी विद्यालयमा आर्थिक अभावका बावजुद पनि जेहेन्दार रुपमा पढाइ गरिरहेका विद्यार्थीलाई लक्षित गरी अक्षयकोष स्थापना गरिसकेको बताए ।
क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धन, सेती नदी संरक्षण र प्राकृतिक प्रकोप र विपदमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।
क्लबका पूर्वअध्यक्ष सुकबहादुर गुरुङ, कोषाध्यक्ष सूर्यबहादुर बानियाँ, कार्यसमिति सदस्य सन्तोष कार्की, जयराम आचार्यलगायत कार्यक्रममा सहभागी थिए ।
कार्यक्रममा क्लबका शिक्षा उपसमिति संयोजक गणेश तिमिल्सिनाले स्वागत र महासचिव दिनेश सुनारले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी