बैदामका डीएसपी श्रेष्ठले पर्यटन व्यवसायीसँग हप्ता असुलेकाे भन्दै अख्तियारमा बेनामे उजुरी

बेनामे उजुरी

बैदामका डीएसपी श्रेष्ठले पर्यटन व्यवसायीसँग हप्ता असुलेकाे भन्दै अख्तियारमा बेनामे उजुरी

Akhtiyar Pokhara

पोखरा । वडा प्रहरी कार्यालय, बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) राजेन्द्रकुमार श्रेष्ठ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी परेको छ ।

श्रेष्ठले पदीय मर्यादा विपरीत प्रहरीको जनशक्ति नै दुरुपयोग पर्यटन व्यवसायीसँग पैसा अशुल्दै आएको भन्दै उजुरी परेको हो । उक्त उजुरी गत असार ३० गते दर्ता  (सि-०८७२४१) भएको बताइन्छ ।

‘पोखराका पर्यटन व्यवसायीहरु’ नामबाट गरिएको उजुरीमा भनिएको छ , ‘व्यवसायीहरुले डिएसपी श्रेष्ठलाई प्रतिव्यक्ति मासिक ५० हजारदेखि १ लाख रुपैयाँसम्म बुझाउने गरेका छन् । त्यतिमात्रै होइन पैसा माग्ने उद्देश्यले डीएसपी श्रेष्ठले क्लब डान्सबार, दोहोरी गेट र भित्रसम्मै चेकिङको नाममा आतंक मच्चाउने र पैसा नदिने व्यवसायीमाथि कारवाहीको नाटक गर्दै आएका छन् ।’

डीएसपी श्रेष्ठले पर्यटन व्यवसायीसँग पैसाकै लागि बार्गेनिङ गरिरहेको पर्यटन व्यवसायीहरुले जनाएका छन् । व्यवसायीहरुले भ्रष्टाचार निवारण ऐन, २०५८ अनुसार कारवाही गर्न माग गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds