प्रधानमन्त्री केपी शर्मा ओलीलेले साउन ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।
कांग्रेसको समर्थनमा संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष ओलीले जसपा र लोसपालाई पनि सरकारमा सामेल गराइसकेका छन् ।
अन्य साना दलहरुलाई समेत समेटेर ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन् । एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेको जानकारी दिए ।
कांग्रेस र एमालेले असार १७ गते सहमति गर्दै मुलुकलाई स्थायित्व दिने भन्दै गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेका थिए । त्यही सहमति बमोजिम ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन् ।
प्रधानमन्त्री नियुक्त भएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यहीअनुसार ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री ओलीले गत सोमबार शपथ ग्रहण गरेका थिए ।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने
चौँथो पटक प्रधामन्त्री भएपछि उनले सरकारका प्राथमिकता, नयाँ गठबन्धन बनाउनु परेको अवस्था लगायतका विषयमा सम्बोधन गर्ने तयारी गरेका छन् ।
एमाले मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले साउन ६ गते पछिल्लो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक सम्बोधन गर्न लागेको जानकारी दिए ।
‘यसपटक प्रधानमन्त्री भएपछि साउन ६ मा पहिलो पटक सम्बोधन गर्दै हुनुहन्छ,’ उनले भने, ‘सरकारका प्रमुख प्राथमिकताका साथै समसामयिक राजनीतिक विषयमा उहाँले धारणा राख्ने कार्यक्रम तय भएको छ ।’
सोही दिन प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनवाइ पनि हुँदैछ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो