बधाई दिँदा खादा–माला प्रयोग नगर्न तथा मेसेन्जरबाट शुभकामना पठाउन प्रधानमन्त्रीको आग्रह

बधाई दिँदा खादा–माला प्रयोग नगर्न तथा मेसेन्जरबाट शुभकामना पठाउन प्रधानमन्त्रीको आग्रह

KP Oli 11

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना तथा बधाइ दिने क्रममा आफूलाई खादा तथा मालाको प्रयोग नगरिदिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा शुभकामना दिनेको भिड बढेपछि उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् ।

विभिन्न माध्यमबाट बधाई तथा शुभकामना सन्देश आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले शुभकामना र बधाइका लागि व्यक्तिगत रूपमा भेट्नु भन्दा डिजिटल माध्यमबाट शुभकामना दिँदा समय समेत बचत हुने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘शुभ प्रभात ! विभिन्न विभिन्न माध्यमबाट बधाई तथा शुभकामना सन्देश आइरहेका छन् । प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा र माला प्रयोग नगर्न अनुरोध गर्दछु

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ