कास्कीको अन्नपूर्णमा मुस्कानसहितको सेवा

कास्कीको अन्नपूर्णमा मुस्कानसहितको सेवा

Khusi-annapurna-news

पोखरा । आर्थिक वर्षको सुरुवातीसँगै अन्नपूर्ण गाउँपालिकामा मुस्कानसहितको सेवा शुभारम्भ गरिएको छ ।

‘मुस्कानसहितको सेवा हामी सबैको प्रतिबद्धता’ नाराका साथ मंगलबार जनप्रतिनिधि तथा कर्मचारीले सेवा दिने प्रण गरेसँगै कार्यक्रम लागु गरिएको छ ।

जसअन्तर्गत कार्यालय प्रमुख, विभिन्न विषयगत शाखा प्रमुखदेखि वडा कार्यालयका ढोका ढोकामा सोही अनुसारको स्टिकर टाँसिएको छ ।

May be an image of 16 people and text

सेवा शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले कार्यक्रम लागु भएसँगै नागरिक, जनप्रतिनिधि तथा कर्मचारीमा सकारात्मक भावको विकास हुने बताए ।

‘सेवाग्राहीहरू रिसाएर पनि आउन सक्नुहुन्छ, उहाँहरूलाई खुसी बनाई सेवा दिएर पठाउने दायित्व कार्यालयको हो, कार्यक्रम लागु भएसँगै एक खालको सकारात्मक सन्देश जनतामा जान्छ नै,’ केसीले भने ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले कार्यक्रम लागु भएपछि कर्मचारीदेखि सेवाग्राहीको स्वास्थ्य, मनोविज्ञानमा पनि सकारात्मक प्रभाव गर्ने अपेक्षा सुनाए ।

गाउँपालिकाले उक्त सेवालाई यस वर्षको नीति तथा कार्यक्रममा पनि समेटेको छ ।

May be an image of 4 people, dais and text

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds