पोखरा । रुपा गाँउपालिकाका सातैवटा वडामा जडान गरिएको डिजिटल नागरिक बडापत्रको मंगलबार वडा ५ को कार्यालयबाट विधिवत रुपमा एक कार्यक्रमबीच उद्घाटन भएको छ ।
गाउँपालिका अध्यक्ष नवराज ओझा सोको उद्घाटन गर्दै गाउँपालिकाको हरेक क्षेत्रमा समृद्धिको अभियानका क्रममा नागरिकको सूचनाको हकको सुनिश्चित गर्दै डिजिटल वडापत्र जडान गरिएको बताए ।
वडा ५ का अध्यक्ष राजन खनालले आफ्नो वडाबाट डिजिटल बडापत्रको सुरुवात गरिएकोमा खुसी व्यक्त गर्दै उक्त बडापत्रको समुचित प्रयोगका लागि सम्पूर्ण वडावासी तथा वडामा अवस्थित संघसंस्था प्रतिनिधिहरूलाई अनुरोध गरे ।

कार्यक्रममा गाउँपालिकाका सूचना प्रविधि अधिकृत लक्ष्मण पंगेनीले डिजिटल बडापत्रको डिस्प्ले बोर्ड सिस्टममा नागरिक बडापत्र लगायत वडा कार्यालयको परिचय, कार्यालयबाट प्रदान गरिने सेवासुविधा, पदाधिकारी तथा कर्मचारीको विवरण, सुचना तथा गतिविधि, नक्सा तथा गाउँपालिका सम्बन्धी विवरण समावेश गरिएको जानकारी गराए ।
कार्यक्रममा विभिन्न दलका प्रतिनिधि र समाजसेवी व्यक्तिहरूले आफ्नो मन्तव्य राखेका थिए । रुपा गाउँपालिकाका सूचना अधिकारी लोकनाथ पौडेलले सञ्चालन गरेको सो कार्यक्रममा वडा ५ का महिला वडा सदस्य मीना कुँवरले स्वागत मन्तव्य व्यक्त गरिन् ।

सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने