पोखराको हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर धादिङका युवकको मृत्यु

पोखराको हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर धादिङका युवकको मृत्यु

dubera-death

पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।

धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–७ घर भई पोखरा महानगरपालिका–८ नागढुङ्गा ससुरालीमा बस्ने २८ वर्षीय सन्तोष सिंखडा दिउँसो २ बजे पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका थिए । ३ जना साथीहरूसहित सन्तोष घाँटीछिनामा पौडी खेल्न गएका थिए ।

सो घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको विपद् व्यवस्थापन टोलीले डिप ड्राइभ गरी झण्डै २० फिट गहिराइबाट उनको शव ३ः२० बजे बाहिर निकालेको हो ।

उनको शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ