अधिकारीको नयाँ भजन ‘सयथरी व्यथा’ सार्वजनिक [भिडियो]

भजन

अधिकारीको नयाँ भजन ‘सयथरी व्यथा’ सार्वजनिक [भिडियो]

लोक गायक तथा सर्जक प्रेमराज अधिकारीको नयाँ भजन ‘सयथरी व्यथा’ सार्वजनिक भएको छ ।

शिक्षाकर्मीसमेत रहेका अधिकारीले अहिले नेपालीले भोगेका पीडालाई भजन मार्फ़त् उजागर गरेका छन् । नेपालीको पीडालाई आधार बनाएर रचेको यो भजन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

निकै मीठो स्वर रहेका गायक जीवन दाहाल र कर्णप्रिय स्वरका धनी पूर्णकला बिसीको आवाजमा रहेको यो भजन दर्शक श्रोताले मन पराउनेमा प्रेमराज ढुक्क छन् । प्रेमराज अधिकारी र कमला केसीले भजनमा कोरसमा आवाज दिएका छन् ।

प्रेमराज अधिकारीको शब्द र संगीतमा यो भजन बनेको हो । दिवस थापा मगरको एरेन्ज तथा मुर्चुङ्गा डिजिटल रेकर्डिङ र बाँसुरी रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गरिएको हो ।

यस मार्मिक भजनलाई भिडियोमा पनि उत्तिकै न्याय भएको छ । कुमार केसीको निर्देशनमा रहेको यो भजन अस्मिता रणपाल, अशोक पौडेल, खेम र सुनिमाले अभिनय गरेका छन् ।

भिडियो रेशम दर्लामीले खिचेका हुन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् । भिडियो पोखरा महानगरपालिका वडा नं. २३ मा रहेको ठूलाखेतको सिद्धबराह धाममा छायांकन गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds