रुकुम पश्चिममा बाढीले घर बगाउँदा ३ बालबालिकाको मृत्यु

रुकुम पश्चिममा बाढीले घर बगाउँदा ३ बालबालिकाको मृत्यु

Rukum

रुकुम । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिकाको मृत्यु भएको छ । घटनामा एक जना वेपत्ता हुनुका साथै सात जना घाइते भएका छन् ।

आठबीसकोट नगरपालिका– १२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति बाढीसँगै आएको पहिरोले घर बगाउँदा १० वर्षकी हितमाया पुन, ८ वर्षकी धनसा पुन र ४ वर्षकी मनिषा सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार ४० वर्षीय डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बाढीले घर बगाउँदा १० वर्षीय विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पाना कामी घाइते भएका छन् ।

घाइतेहरूको आठबीसकोट नगर अस्पताल राडीमा उपचार भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ