प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीलाई एक महिना भित्र केही न केही फरक देखाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका हुन् ।
ओलीले दिएको निर्देशनबारे जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘यो मन्त्रिपरिषद्को विभिन्न मन्त्रालयको जिम्मेवारी लिनुभएको मन्त्रीले एक महिना भित्र कमसेकम केही न केही फरक देखाउनुपर्यो सबै काममा । ६ महिना भित्रमा यो मन्त्रिपरिषद्ले काम गर्यो र गर्ने भयो भनेर ढुक्क हुने विश्वास दिलाउनुपर्यो । एक वर्षभित्र इन्डिकेटरको हिसाबले पनि सबै काम भिजिबल रुपमा परिवर्तन आउनुपर्यो । परिणाममुखी देखिनुपर्यो भनेर निर्देशन दिनुभएको छ । त्यसैले सबै मन्त्रीले एक आपसमा सहकार्य गरेर काम गर्नुहोस्, हामीलाई अहिले असफल हुने छुट छैन । त्यसैकारण राष्ट्रिय स्वाधितनका लागि मुलुकलाई बलियो बनाउनका लागि तथा मुलुकको उत्पादकत्व बढाउनका लागि उत्पादनसँग जोडिएका मन्त्रालयसँग समन्वय हुनुपर्यो । निर्माण कार्य हुने मन्त्रालयका विचमा पनि समन्वय हुनुपर्यो । समन्वयकारी भूमिका निर्वाह गरेर परिणाममुखी नतिजा निकाल्ने काममा अहिलेको मन्त्रिपरिषद्ले लाग्नुपर्छ भनेर निर्देशन दिनुभएको छ ।’
प्रवक्ता गुरुङले एक अर्को मन्त्रालयका बीचमा समन्वय गरेर मात्रै काम गर्न सबै मन्त्रीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएको पनि बताए ।
उनले थप्दै भने, ‘अहिलेसम्म एउटा मन्त्रलयको काम र अर्को मन्त्रालयको कामको बीचमा समन्वय नै नहुने गरेको छ । भौतिक पूर्वाधार मन्त्रालयले सडक बनाउँछ, खानेपानी मन्त्रालयले त्यही खनेर पानी लिएर जान्छ र त्यसले त्यतिकै छोडिदिन्छ । खानेपानी र भौतिक मन्त्रालयका बीचमा समन्वय नै छैन । कहिलेकाहीँ सञ्चार मन्त्रालयले केवुल लाइन विस्तार गर्ने नाममा सडक भत्काइदिन्छ । यो सबै एक अर्को मन्त्रालयका बीचमा समन्वय नभएका कारणले समस्या भइरहेको छ । त्यसैले अबदेखि मन्त्रालयका बीचमा कामको समन्वय हुनुपर्यो र यस्ता खालका साना तिना सबै समस्याको सधाधान हुनुपर्यो भनेर पनि निर्देशन दिनुभएको छ ।’
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो