नवनियुक्त खानेपानी मन्त्री प्रदीप यादवले वर्तमान सरकार लामो समय चल्ने बताएका छन्।
जनता समाजवादी पार्टी (जसपा)का नेता उनले सोमबार पदभार ग्रहण गरेपछि उनले वर्तमान सरकार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको भएकाले लामो समय चल्ने दाबी गरेका हुन्।
अहिलेको सरकार डबल इन्जिनको सरकार भएको पनि उनले बताए।
‘यो सरकार लामो चल्छ, किनकी यो केपी ओलीको सरकार हो। डबल इन्जिनको सरकार छ। यो इन्जिन एकदम झक्कासले चल्छ। हामी तेस्रो इन्जिनले धक्का दिइरहेका छौँ। यो सरकार आफ्नो अवधिसम्म चल्छ। डबल इन्जिनको सरकारलाई सफल बनाऔँ,’ उनले भने।
उनले सरकारलाई सफल बनाउन मन्त्रालयका सचिव र कर्मचारीलाई आग्रह गरे।
उनी प्रचण्ड सरकारमा छोटो समय स्वास्थ तथा जनसंख्या मन्त्री थिए । २३ वैशाखमा जसपा नेपाल फुटेर जसपा बनेपछि उनी स्वास्थ्यमन्त्री बनेका थिए ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते