बेँसीसहर–चामे सडक अवरुद्ध

बेँसीसहर–चामे सडक अवरुद्ध

pahiro

लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।

मस्र्याङ्दी गाउँपालिका–४ स्याँगेमा आज बिहान ढुङ्गासहितको पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यस सडकअन्तर्गत मनाङखण्ड भने यही १८ गते साँझदेखि अवरुद्ध रहँदै आएको छ ।

चामे गाउँपालिकास्थित तिमाङ खोलामा काठे पुल र सो नजिकै पक्की मोटरेवल पुल बाढीले बगाएपछि सवारी सञ्चालन हुन सकेको छैन । आवागमन रोकिँदा मनाङवासी समस्यामा परेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds