सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

gold

पोखरा । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलाको २ सयले बढेको हो ।

आज छापावाला सुन प्रतितोला एक लाख ४६ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार २ सय रुपौयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

यसअघि आइतबार छापावाला सुन प्रतितोला एक लाख ४६ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपियाँले बढेर तोलाको १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds