कोइराला समूहले पाठायो तीन मन्त्रीको नाम, प्रदीप स्वास्थ्यमन्त्री

कोइराला समूहले पाठायो तीन मन्त्रीको नाम, प्रदीप स्वास्थ्यमन्त्री

Koirala pachhe

कांग्रेसको शेखर कोइराला गगन थापा समूहले आफ्नो तर्फबाट तीन मन्त्रीको नाम पठाएको छ ।

स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेल, पर्यटनमा बद्री पाण्डे र कृषिमा रामनाथ अधिकारीको नाम पठाएको हो । कोइराला समूहमै रहेका तेजुलाल चौधरीको नाम यसअघि नै पार्टी सभापति देउवाले सिफारिस गरिसकेका थिए । उनी राष्ट्रपति रामचन्द्र पौडेलका प्रिय पात्र बुझिन्छ ।

ओली नेतृत्वको सरकारमा प्रकाशमान सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मा दिइने भएको छ । कांग्रेसका प्रमुख सचेतक रहेका रमेश लेखकलाई गृह मन्त्रालयको जिम्मा दिइएको छ । नयाँ सरकारमा आरजु राणा परराष्ट्रमन्त्री बन्ने भएकी छिन् ।

त्यस्तै दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, ऐनबहादुर शाही वनमन्त्री बन्ने भएका छन् । जसमा तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् ।

प्रदीप पौडेल महामन्त्री गगन थापा पक्षीय युवा नेता हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ