यमालले तोडे पेलेको ६६ वर्ष पूरानो कीर्तिमान

यमालले तोडे पेलेको ६६ वर्ष पूरानो कीर्तिमान

lamine-yamal-2_dYepoafqJt

म्युनिख । स्पेनका लागि आइतबार इंग्ल्यान्डविरुद्धको युरो २०२४ को फाइनल खेलमा लामिन यामालले ६६ वर्ष पुरानो कीर्तिमान तोडेका छन् ।

आफ्नो १७ औँ जन्मदिन मनाएको एक दिनपछि यामाललाई ला रोजाको प्रारम्भिक ११ मा राखिएको थियो ।

योसँगै सन् १९५८ को विश्वकप फाइनलमा पेलेले बनाएको कीर्तिमान तोड्दै उनी अब प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्। सन् १९५८ को विश्वकप फाइनल खेल्दा पेले १७ वर्ष २४९ दिन उमेरका थिए ।

युरोपियन च्याम्पियनसिप सुरु भएयता बार्सिलोनाका युवा खेलाडीले तोडेको यो पहिलो कीर्तिमान भने होइन । उनी आफ्नो टोलीको उद्घाटन खेलमा क्रोएसियाविरुद्ध खेल्दा युरोपियन च्याम्पियनसिप खेलमा सुरुवात गर्ने सबैभन्दा कान्छो खेलाडी बने।

फ्रान्सविरुद्धको सेमिफाइनल जितमा गोल गर्दा उनी प्रतियोगिताको इतिहासमा सबैभन्दा कान्छो गोलकर्ता बनेका थिए।

Pic. Agency

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds