ओली सरकारमा कांग्रेसबाट मन्त्रीहरूः ६ मन्त्रीको नाम टुंगियो

ओली सरकारमा कांग्रेसबाट मन्त्रीहरूः ६ मन्त्रीको नाम टुंगियो

आफ्नो समूहले ४ मन्त्री पाउनुपर्ने अडानमा शेखर-गगन पक्ष

Nepali-Congress-Party-Office

नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ।

नवनियुक्त प्रधानमन्त्री ओलीको सोमबार बिहान शितल निवासमा शपथग्रहणको कार्यक्रम छ। सोही बेला सरकारमा सामेल हुने मन्त्रीहरूको पनि शपथ गराउने तयारी छ।

कांग्रेसको संस्थापन पक्षले मन्त्रीहरूको टुंगो लगाइसकेको छ भने नेता शेखर कोइराला-गगन थापा पक्ष भने अन्तिम छलफलमा छ।

कांग्रेसले सरकारमा ९ मन्त्री पठाउने भएकोले कोइराला पक्षले ४ मन्त्री आफ्नो समूहबाट चयन गर्न पाउनुपर्ने अडान राखेको छ भने संस्थापन पक्ष ३ मन्त्री दिने पक्षमा छ।

सभापति शेरबहादुर देउवाको सचिवालय स्रोतले दिएको जानकारीअनुसार प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा देउवा, दिपक खड्का, अजय चौरसिया र ऐनबहादुर शाहीको नाम टुंगो लागेको छ। सांसद तेजुलाल चौधरी पनि मन्त्री बन्दैछन्।  उनी राष्ट्रपति रामचन्द्र पौडेल निकट हुन् ।

उनीहरूको मन्त्रालय टुंगो लागिसकेको छैन। सिंह सहरी विकास, आरजु परराष्ट्र र लेखक गृहमन्त्री हुने चर्चा छ। सभापति देउवा पक्षले ६ जना मन्त्री टुंगो लगाएको हो।

सभापति देउवाको सचिवालयका अनुसार सबै मन्त्रीका नाम प्राप्त भइसकेपछि कसले कुन मन्त्रालय सम्हाल्ने भन्नेबारे टुंगो लाग्नेछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ