स्पेन चौथोपटक युरोपियन च्याम्पियन, इंग्ल्यान्ड स्तब्ध

खेलकुद

स्पेन चौथोपटक युरोपियन च्याम्पियन, इंग्ल्यान्ड स्तब्ध

spain champ

इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै स्पेन चौथोपटक युरोपियन च्याम्पियन बनेको छ ।

स्पेन युरोको इतिहास चार उपाधि जित्ने पहिलो टिम बनेको हो । स्पेनले यअसघि सन् १९६४, २००८ र २०१२ गरी तीनपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो ।

सोमबार जर्मनीको बर्लिनमा भएको खेलमा स्पेनलाई जित दिलाउन निको विलियम्स र मिकेल ओयारजबलले गोल गरे । इंग्ल्यान्डका कोल पाल्मेरले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि ४७औँ मिनेटमा विलियम्सको गोलमा स्पेनले अग्रता बनाएको थियो । तर, ७३औँ मिनेटमा पाल्मेरले गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए ।

स्पेनबाट दोस्रो हाफमा मैदान प्रवेश गरेका ओयारजबल निर्णायक बने । ६८औँ मिनेटमा कप्तान अल्भारो मोराटाको स्थानमा मैदान प्रवेश गरेका ओयारजबलले खेलको निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा गोल गर्दै स्पेनलाई अग्रतामा राखेका थिए । यही गोल निर्णायक गोल बन्दा स्पेनले कीर्तिमानी चौथोपटक युरोपियन च्याम्पियनसिपको उपाधि चुमेको हो ।

इंग्ल्यान्ड भने लगातार दोस्रोपटक फाइनलमा पराजित भएको हो । यसअघि युरो–२०२० को फाइनलमा प्रवेश गरे पनि इटालीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदा इंग्ल्यान्ड उपविजेता बेनको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ