स्याङ्जामा दहमा डुबेर एकै घरका दुई बालिकाको मृत्यु

स्याङ्जामा दहमा डुबेर एकै घरका दुई बालिकाको मृत्यु

Syanja-pokhari

स्याङ्जामा पानीको दहमा डुबेर एकै घरका दुई बालिकाको मृत्यु भएको छ ।

पुतलीबजार नगरपालिका वडा नं. ४ मा पानीको दहमा डुबेर दिदी बहिनीको ज्यान गएको हो ।

रामकोष स्वाराका नरेन्द्रबहादुर थापाका छोरीहरू १४ वर्षकी लक्ष्मी थापा र १२ वर्षकी सुस्मिता थापाको आज आइतबार दहमा डुबेर ज्यान गएको हो । लक्ष्मी ९ कक्षा र सुस्मिता ५ कक्षामा पढ्थे ।

घरदेखि ५ सय मिटर टाढा रहेको पधेंरोमा नुहाउन र लुगा धुन गएका बेलामा उनीहरु दहमा डुबेको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ