तनहुँको चुँदी खोलाले बगाएर बेपत्ता निम मृत फेला, कालीखोलामा बृद्धको शव भेटियो

तनहुँको चुँदी खोलाले बगाएर बेपत्ता निम मृत फेला, कालीखोलामा बृद्धको शव भेटियो

death in river

तनहुँमा चुँदी खोलाले बगाएर बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन् ।

भानु नगरपालिका वडा नं. ६ लेङ्गाबारीका बर्ष ३१ का निमबहादुर मश्राङ्गी नुहाउने क्रममा बेपत्ता भएका थिए ।

प्रहरीका अनुसार शनिबार साँझ ६ः४० बजेतिर निमबहादुर सोही स्थानको चुदी खोलाले बगाएर बेपत्ता थिए । घटनालगत्तै खोजी गर्दा उनको अवस्था पत्ता लाग्न सकेको थिएन । राति भानु-५ पञ्चनगरस्थित खोला किनारमा शव भेटिएको प्रहरीले जनाएको छ ।

पोखराको कालीखोलामा वृद्धको शव भेटियो

पोखरा महानगरपालिका वडा नं. १६ स्थित कालीखोलामा एक वृद्धको शव फेला परेको छ ।

शनिबार बिहान पोखरा-१६, जोगिमणी तुम्केस्थित खोलामा ७२ वर्षीय सार्की तामाङको शव भेटिएको वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ