सेयर बजार २ वर्षपछि कै उच्चतम अंकमा

सेयर बजार २ वर्षपछि कै उच्चतम अंकमा

७ अर्ब ६२ करोडको कारोबार

stock-market share bajar

सेयर बजार आइतबार  करिब २६ महिनाकै उच्चतम अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५२.९७ अंक बढेर २२५७ मा कायम भएको छ । बजार बन्द हुँदाको यो अंक ४ जेठ २०७९ यताकै उच्चतम हो ।

आइतबार कारोबार रकम पनि उच्च भएको छ । अघिल्लो दिन ७ अर्ब ८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६२ करोड पुग्यो ।

२०१ कम्पनीको मूल्य बढ्दा ३६ को घटेको छ भने ५ को स्थिर रहेको छ । यस दिन पनि बैंकिङ समूहले नै नेप्सेलाई उचालेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ