काँग्रेसभित्र मन्त्री भागवण्डा: शेखर–गगन समूहले माग्यो ४ मन्त्री

काँग्रेसभित्र मन्त्री भागवण्डा: शेखर–गगन समूहले माग्यो ४ मन्त्री

६०/४० को हिस्सा हुनुपर्ने निष्कर्ष

shekhar-gagan-meeting

नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहले आफ्नो समूहले कम्तीमा चार मन्त्री पाउनुपर्ने निष्कर्ष निकालेको छ । आज बसेको इतर पक्षको बैठकले परम्परागत रूपमा चल्दै आइरहेको ६०/४० को हिस्सा हुनुपर्ने निष्कर्ष निकालेको हो ।

पार्टी सभापति शेरबहादुर देउवासँग कम्तीमा चार मन्त्री माग गर्ने निर्णय भएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले बताए ।

बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीका अनुसार समूहले चार मन्त्री माग गर्ने र समूहबाट पठाउने मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिइएको छ ।

उनले भने, ‘शेखरजीले ५ मन्त्रालय चाहिन्छ भन्नुभएको रहेछ । तर, हामीले कम्तीमा चार चाहिन्छ भन्ने निष्कर्ष निकालेका छौं ।’

बैठकमा शेखर-गगनसहित धनराज गुरुङ, जीवन परियार, बद्री पाण्डे, अर्जुननरसिंह केसी, दिलेन्द्र बडू, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल र डा. चन्द्र भण्डारी सहभागी थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ