अनमोलले एउटा फिल्मबाट ५० लाख पारिश्रमिक लिँदा साढे ७ लाख कर बुझाए

पहिलो बने अनमोल

अनमोलले एउटा फिल्मबाट ५० लाख पारिश्रमिक लिँदा साढे ७ लाख कर बुझाए

Anmol KC

नायक अनमोल केसीले ‘फर्की फर्की’ फिल्मबाट आफूले प्राप्त गरेको पारिश्रमिक बापत तिरेको करको रकम खुलाएका छन् । निर्माता रोहित अधिकारीले केसीले तिरेको करको रसिदलाई सार्वजनिक गरेका हुन् ।

अनमोलले फिल्मबाट पाएको ५० लाख पारिश्रमिक बापतको १५ प्रतिशत प्रत्यक्ष (टीडीएस) कर सरकारलाई तिरेका हुन् । करबापत उनले ७ लाख ५० हजार रुपैयाँ तिरेको उनले खुलाएका छन् ।

पहिलोपटक कुनै फिल्म अभिनेताले यसरी आफूले प्राप्त गरेको पारिश्रमिकबापत तिरेको करको रकम सार्वजनिक गरेका हुन् । यो सार्वजनिकीकरणसँगै अनमोलले ५० लाख रुपैयाँ पारिश्रमिक लिएको पुष्टि भएको छ ।

पारिश्रमिक लिएर कर तिर्ने पारदर्शिता अपनाउन खोजेको र यो कार्यले अरु फिल्ममेकर र कलाकारलाई पनि दबाब हुने अपेक्षा लिइएको छ ।

अहिलेसम्म केही कलाकारले महंगो पारिश्रमिक बुझ्ने गरेको तर कति कर बुझाए भन्ने खुलेको थिएन । सरकारले पनि कलाकार र वकिलका लागि प्यान नम्बर अनिवार्य गर्दै आएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds