निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले ‘बिज सधैँ अन’ योजना ल्याएको छ । यो नेपाली व्यवसाय जगतलाई ध्यानमा राखी विशेष रूपमा डिजाइन गरिएको योजना भएको एनसेलले जानकारी दिएको छ ।
उद्योग, संघ, संस्था, ठूला, साना तथा मझौला व्यवसायहरूलाई यो योजनाले व्यापार, व्यवसाय बढाउन सहयोग पुर्याउने एनसेलले जनाएको छ । एनसेलले उद्यमीहरूका पीडामर्काहरूलाई सम्बोधन गरी उनीहरूलाई व्यापार व्यवसाय बढाउन मद्दत गर्ने सेवाहरू उपलब्ध गराउँदै आएको एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले बताए ।
अहिलेको डिजिटल युगमा उद्यमीहरूलाई पूर्ण क्षमता हासिल गर्नका लागि एनसेलले काम गरिरहेको एनसेलका हेड अफ इन्टरप्राइज प्रोडक्ट एन्ड सोलुसन्स रञ्जन शर्माले बताए । ‘बिज सधैँ अन र विभिन्न सोलुसन सुटहरूका साथ हामी सरलीकृत संचालन र उत्पादकत्व वृद्धिमा सहयोग प्रदान गर्दै नेपाली व्यवसायहरूलाई अहिलेको डिजिटल युगमा उनीहरूलाई पूर्ण क्षमता हासिल गर्न सशक्त बनाउने लक्ष्य राखेका छौँ जसले साँचो डिजिटल अर्थतन्त्रको विकासमा टेवा दिन्छ,’ उनले भने ।
उद्यमी व्यवसायीहरूका लागि मासिक रेन्टलमा ‘बिज सधैं अन’ प्लानअन्तर्गत ४९९ देखि १,९४९ रुपैयाँसम्मका ५ वटा प्लानहरू ल्याएको एनसेलले जानकारी दिएको छ । यो प्लानमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि बण्डल गरिएको छ । लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले सेयरबजारमा भएको नाफा, नोक्सान ट्रयाक गर्ने कम्पनीले जनाएको छ ।
४९९ को प्लानअन्तर्गत ग्राहकले १७ जीबी डेटा, ६०० मिनेट नेपाल भरी कुरा गर्न टक टाइम र ६०० मिनेट लोकल एसएमएस प्राप्त गर्दछन् । त्यस्तै, ६४९ को प्लानअन्तर्गत ग्राहकले ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० वटा एसएसएस पठाउन सक्छन् । ९९९ को प्याक अन्तर्गत ग्राहकले ६० जीबी डेटा, अनलिमिटेड टक टाइम र १,००० वटा लोकल एसएमएस पठाउन पाउँछन् । सेवाको आवश्यकता धेरै भएका ग्राहकहरूले १,५९९ र रु १,९४९ को मासिक प्लान लिन सक्ने एनसेलले जनाएको छ ।
ग्राहकले लिएको प्लानअन्तर्गतको सेवाहरू सकिएमा ग्राहकले जम्मा ५ पैसा प्रतिएमबीमा वा १ जीबी डेटाको ५० रुपैयाँमा (बजार शुल्क भन्दा २० गुणा कम शुल्क) मा बुस्टर प्याक खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । बुस्टर प्याकअन्तर्गत नै ग्राहकले ३० रुपैयाँमा मा १ जीबी डेटा वा ३० मिनेट अल नेपाल लोकल कल प्राप्त गर्न सक्छन् । त्यस्तै, रु ५० मा ग्राहकले २ जीबी डेटा वा ७५ मिनेट नेपाल भरी लोकल कलको सुविधा प्राप्त गर्न सक्छन् ।
यसका साथै ‘बिज सधै अन’ प्लान लिने ग्राहकले स्पेसल सर्भिस लाइन ९००७ र ९८०९००७००० का कल गरी ग्राहक सेवा र प्रिभलेज काउन्टर सुविधा पनि प्राप्त गर्दछन् । बिजनेस तथा पोस्टपेड ग्राहकले एस्ट्रिक्स१२३ह्यास डायल गरी ‘बिज सधै अनु’प्लानमा अपग्रेड गर्न सक्ने कम्पनीले जनाएको छ ।
सम्बन्धित खबर
बढ्यो सुनचाँदीको मूल्य
सुनको मूल्य ११ सय रुपैयाँले बढ्यो
सुन प्रतितोला १२ सयले बढ्यो
सुनको मूल्य तोलामा २ हजार ७ सयले घट्यो
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
सुनको मूल्य तोलाको १ लाख ७० हजार नाघ्यो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो