त्रिशुली रिभरसाइड रिसोर्टको कायक टीम बेपत्ताको खोजीमा खटियो

त्रिशुली रिभरसाइड रिसोर्टको कायक टीम बेपत्ताको खोजीमा खटियो

trishuli rafting

मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा पहिरोले बगाएका दुई वटा बस र त्यसमा सवार यात्रुको खोजीका लागि त्रिशुली रिभरसाइड रिसोर्टको कायक टीम खटिएको छ।

चितवन भरतपुर–२९ सिमलतालमा शुक्रबार सबेरै करिब ३ बजेतिर लेदोसहितको पहिरोमा दुई यात्रुबाहक बस बग्दा बसहरू र ६२ जति यात्रु बेपत्ता भएको बताइएको छ। जसको खोजीका लागि सरकारी स्तरबाट सुरक्षा टोली तथा गैरसरकारी टोलीहरू खटिइरहेका छन्।

रिसोर्ट सञ्चालक उद्धव कँडेलका अनुसार मलेखुस्थित रिभरसाइड रिसोर्टबाट बेपत्ता बस तथा यात्रुको खोजी कार्यका लागि ५ वटा कायाकसहित ६ गाइडको समूह बस खोजी कार्यका लागि खटिएको छ।

सिमलतालदेखि गाईघाटसम्म नदीको दायाँबायाँ कायकिङ गर्दै खोजी कार्य जारी रहेको उनले बताए। र्‍याफ्टिङ गाइड समेत रहेका उद्धवकै नेतृत्वमा टोली खटिएको हो।

साहसिक खेल मात्र नभई उद्धार कार्यमा समेत खटिने भएकाले कायकलाई रिभर एम्बुलेन्स समेत भनिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds