पोखरामा पहिरोले ज्यान गुमाएका भीमको परिवारलाई सरकारी कोषबाट २ लाख

पोखरामा पहिरोले ज्यान गुमाएका भीमको परिवारलाई सरकारी कोषबाट २ लाख

kaski do

पोखरामा गत २६ असारमा पहिरोले घर पुरिँदा मृत्यु भएका युवकको परिवारलाई सरकारी कोषबाट राहत उपलब्ध गराइएको छ ।

नेपाल सरकारको विपद्का घटनामा परी मृत्यु भएका व्यक्तिलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड, २०७७ बमोजिम जिल्ला विपद् व्यवस्थापन कोषबाट राहत दुई लाख हस्तान्तरण गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र जिल्ला सुरक्षा समिति कास्कीका पदाधिकारीहरु पुगेर भीमका बुवा मनबहादुर थापालाई उक्त रकम प्रदान गरिएको कास्की प्रशासनले जनाएको छ ।

पोखरा महानगरपालिका– २७ सहेलापाखा, कटहरको बोट स्थित मन बहादुर थापा क्षेत्रीको ब्लकले बनेको जस्ताले छाएको १ तले कच्ची घर पहिरोले पुरिँदा २२ वर्षीय छोरा भिम थापा क्षेत्रीको मृत्यु भएको थियो ।

ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले बिहान ७ बजे भिमलाई मृत अवस्थामा फेला पारी बाहिर निकालेको थियो ।
प्रहरीले भिमकी आमा ५० वर्षीया कमला थापालाई भने सकुशल उद्धार गरेको थियो । मनबहादुर भने कामको सिलसिलामा पोखरामा रहेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds