पोखरा । पोखराको बाटुलेचौरमा रहेका जेष्ठ नागरिक सम्मानित भएका छन्।
मैदान टोल विकास संस्थाले शनिबार एक कार्यक्रमका बीच टोल भित्रका ८० बर्ष माथिका ९ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो। साहित्यकार नरहरि भट्टराई, चोक वहादुर थापा, बालकुमारी श्रेष्ठ, टुल्की श्रेष्ठ, गणेश वहादुर वस्नेत, तिलकुमारी श्रेष्ठ, गोमा बस्नेत, स्यानी श्रेष्ठ र खड्क कुमारी थापालाई कार्यक्रमका प्रमुख अतिथि हिमालय क्लबका अध्यक्ष सुशील बस्नेत, सल्लाहकार कुमार श्रेष्ठ, बल बहादुर थापा, शिवराज देवकोटा, कालिका मन्दिरका पुजारी नारायण प्रसाद देवकोटा लगायतकाले सम्मान पत्र सहित सल ओढाएर सम्मान गरे। क्लबका अध्यक्ष बस्नेतले जेष्ठ नागरिक समाजका दर्पण भएको बताउँदै उनीहरूको सम्मान र सेवा गर्नु समाजको दायित्व भएको बताए।
संस्थाका अध्यक्ष मोहन बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित जेष्ठ नागरिक साहित्यकार नरहरि शर्मा भट्टराई, क्लबका पूर्व अध्यक्ष जिव नारायण श्रेष्ठ, अमला बिसौनी धोविनी पाटन टोल विकास संस्थाका अध्यक्ष खगेन्द्र थापा, सचिव मनु बस्नेत लगायतले संस्थाले गरेको कार्य अनुकरणीय रहेको बताए ।
संस्थाका अध्यक्ष थापाले जेष्ठ नागरिक प्रतिको सम्मानलाई निरन्तरता दिँईने प्रतिवद्धता जनाए । कार्यक्रमको संचालन सचिव मनु बस्नेतले गरेकी थिइन्।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने