अक्षय कुमारलाई कोरोना संक्रमण

अक्षय कुमारलाई कोरोना संक्रमण

Akshay kumar

पोखरा । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अक्षयकुमारले आफूलाई कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

फिल्म सरफिरा को प्रमोशनको क्रममा अक्षयलाई कोरोना संक्रमण भएको बताइएको छ । उनलाई शुक्रबार बिहान कोभिड पोजिटिभ पुष्टि भएको हो ।

यसअघि सन् २०२२ मा पनि अक्षय फिल्म ‘राम सेतु’ को सुटिङका क्रममा कोरोना संक्रमित भएका थिए ।

अक्षयकुमारको नयाँ फिल्म ‘सरफिरा’ शुक्रबार रिलिज भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds