सिमलताल पहिरो : आफन्तकाे खाेजीमा आउनेहरूलाई चितवनका होटलमा निःशुल्क खाना र बासको व्यवस्था

सिमलताल पहिरो : आफन्तकाे खाेजीमा आउनेहरूलाई चितवनका होटलमा निःशुल्क खाना र बासको व्यवस्था

simaltal_landslide_ovdk2OivwW

नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिरो र पहिरोमा परेका यात्रु खोजीका लागि परिचालन भएका सुरक्षाकर्मी । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएको दुई वटा बस अझै फेला पार्न सकिएको छैन । तस्बिरः कृष्ण आचार्य÷रासस

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परेर बेपत्ता दुई बसका यात्रु खोज्न आउने आफन्तलाई चितवनका होटलहरूले निःशुल्क खाना र बासको व्यवस्था गर्ने भएका छन् ।

होटल व्यवसायी सङ्घ चितवनले पहिरोमा परेर बससँगै बेपत्ता भएकाहरूको खोजीका लागि आउनेहरूलाई निःशुल्क खाना खुवाउने र बसाल्ने निर्णय गरेको हो ।

सङ्घले आज विज्ञप्ति निकालेर बेपत्ता भएकाहरूको उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो निर्णय गरेको अध्यक्ष लोकनाथ भट्ट कृष्णले जानकारी दिए ।

पहिरोमा परेर बेपत्ता भएका आफन्तको खोजीमा आउँदा खान/बस्न समस्या नहोस् भन्ने उद्देश्यले जिल्लाका विभिन्न होटलमा निःशुल्क खाना र बस्नको व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

आज बिहान नारायणगढ–मुग्लिन सडकमा पहिरोमा परेर बेपत्ता भएका दुई वटा बसको खोजी भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds