श्रीलङ्काका कप्तान हसरंगाले दिए राजीनामा

श्रीलङ्काका कप्तान हसरंगाले दिए राजीनामा

Hasaranga_has

पोखरा । श्रीलङ्काको राष्ट्रिय क्रिकेट टोलीका कप्तान वानिन्दु हसरंगा डी शिल्भाले पदबाट राजीनामा दिएका छन् ।

आईसीसी टी–२० विश्वकप क्रिकेट २०२४ मा टोलीले खराब प्रदर्शन गरेपछि हसरंगाले राजीनामा दिएका हुन् । टी–२० विश्वकपमा श्रीलङ्का समूह चरणबाटै बाहिरिएको थियो ।

राजीनामा दिँदै हसरंगाले एक खेलाडीको हैसियतले टोलीका लागि उत्कृष्ट प्रदर्शन जारी राख्ने प्रतिबद्धता जनाएका छन् । गत डिसेम्बरमा उनी श्रीलंकाको टी–२० आई कप्तानमा नियुक्त भएका थिए ।

श्रीलङ्का टोलीले यसै महिना भारतसँग तीन टी–२० र तीन एकदिवसीय शृङ्खला खेल्दैछ । खेल जुलाई २७ देखि अगस्ट ७ सम्म चल्नेछ ।

हसरंगाको कप्तानीमा श्रीलङ्काले १० टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेकामा ६ खेलमा जीत हात पारेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ