त्रिशुली नदीमा आज बिहान करिब ३ः३० बजेतिर लेदोसहितको पहिरोमा रौतहटको गौरतर्फ जांदै गरेको प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एञ्जल डिलक्स बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ।
दुईवटा बस बेपत्ता भएपछि रौतहट र वीरगञ्जमा त्रास उत्पन्न भएको छ। बसमा रौतहट र वीरगञ्ज तथा भारतका यात्रु सवार हुँदा अहिले आफन्तमा त्रास उत्पन्न भएको छ।
काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बसका चालक किशोर चौधरी र कन्डक्टर ऋषि सिंहसहित ३० जना सबार थिए।
कलङ्कीस्थित गणपति ट्राभल्स बस काउन्टरले दिएको जानकारी अनुसार काठमाडौंबाट रौतहटका लागि २७ जना यात्रुले टिकट काटेर बस चढेका थिए। बस काउन्टरले उपलब्ध गराएको चलानी नम्बरमा बस चढेकाहरूको ठेगाना, मोबाइल नम्बर र नाम खुलाइएको छ भने थर उल्लेख गरिएको छैन।
काठमाडौं बस काउन्टरबाट प्राप्त भएको विवरणको आधारमा घर परिवारमा सम्पर्क गर्ने प्रयास भइरहेको रौतहटका प्रहरी प्रमुख एसपी दिलिप घिमिरेले बताए।
बागमती प्रदेश सशस्त्र प्रहरीका डिआइजी गणेश ठाडा मगरले काठमाडौंबाट रौतहट तर्फ आउँदै गरेको गणपति ट्राभन्स बस पहिरोको कारण दुर्घटना भएर त्रिशुलिमा खसेको पुष्टि गर्दै उद्वार कार्यमा जुटेको बताए।
यस्तै वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एञ्जल डिलक्स बसमा २१ जना यात्रुको विवरण प्राप्त भएको छ। हालसम्म प्राप्त विवरण अनुसार बसमा ७ जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।
चितवनको सिमलतालमा पहिरोले बगाएर बेपत्ता भएका यात्रुको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।
सम्बन्धित खबर
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
मापसेका कारण ५ महिनामा गण्डकीमा २३ सवारी दुर्घटना, ३ को मृत्यु, ३६ घाइते
मकवानपुरमा स्कार्पियो र कार ठोक्किँदा २ जनाको मृत्यु, १२ घाइते
‘पुष्पा २’को विशेष शोमा भएको भागदौडमा घाइते भएका बालक भेट्न पुगे अल्लु अर्जुन
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
बसले थिच्दा सशस्त्र प्रहरी इन्स्पेक्टरको मृत्यु
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी