म्याग्दीमा चिर्पटले हानेर आफ्नै दाजुकाे हत्या, भाइ पक्राउ

म्याग्दीमा चिर्पटले हानेर आफ्नै दाजुकाे हत्या, भाइ पक्राउ

hatyaa

म्याग्दी: धौलागिरी गाउँपालिका–५ मलम्पार बस्ने ४२ वर्षीय धनबहादुर छन्त्यालको हत्या गरेको आरोपमा उनकै भाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमाा ३९ वर्षीय सोमबहादुर छन्त्याल रहेका छन् ।

उनलाई बुधबार बिहान इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घरायसी विषयमा विवाद हुँदा सोमबहादुरले दाउराको चिर्पटले प्रहार गर्दा धनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो ।

सोही सूचनाको आधारमा सोमबहादुरलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका सोमबहादुरविरुद्ध कर्तव्य ज्यान मुद्धामा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds