पोखरा । अविरल वर्षाका कारण बाढी र पहिरोले देशभर भएको जनधनको क्षति प्रति नेकपा (एमाले) कास्कीले दुःख व्यक्त गरेको छ ।
नेकपा (एमाले) कास्कीका सचिव दर्शन लामाले एक विज्ञप्ती जारी गर्दै अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण भएको जनधनको क्षति प्रति दुःख व्यक्त गरेको हो ।
सचिव लामाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘हाल कास्की जिल्ला र देशभर विभिन्न स्थानमा अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानले भएको जनधनको क्षतिप्रति नेकपा एमाले जिल्ला कमिटी दुःख प्रकट गर्दछ, उक्त वर्षातका कारण विपद्जन्य घटनामा परेर कास्कीमा असार महिनामा मात्र ३ जनाले ज्यान गुमाएका छन् । मृतक सबैमा नेकपा एमाले जिल्ला कमिटी कास्की भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै घाइतेहरुमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दर्छौ ।’

पीडितहरुको उद्धार तथा व्यवस्थापन, घाइतेहरुको उपचार, राहत वितरणमा सहयोग पुर्याउन राज्यका संयन्त्रहरुको ध्यानाकर्षणसमेत गरेको छ ।
प्राकृतिक प्रकोपबाट उत्पन्न यस दुःखद घडीमा पाटीको सबै कमिटी जनसंगठनहरुलाई आवश्यक समन्वय र सहकार्यसहित उद्धारमा लाग्नसमेत निर्देशन दिएइको छ ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार अझै पनि वर्षाको सम्भावना कायमै रहेकाले जोखिमयुक्त क्षेत्रमा थप सतर्कता अपनाउन र क्षति न्यूनिकरणमातर्फ गम्भीर हुनसमेत एमाले कास्कीले सुरक्षा निकायलाई आग्रह गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते