नेकपा एमालेले यसअघि केन्द्रीय कमिटीबाट तोकिएका सबै इन्चार्ज परिवर्तन गर्ने नीतिगत निर्णय गरेको छ । सचिवालय बैठकले सबै तोकिएका इन्चार्जहरुकाे जिम्मेबारी हेरफेर गर्ने निर्णय गरेको हो ।
इन्चार्ज परिवर्तन गर्ने नीतिगत निर्णय गरेको बैठकले नयाँ इन्चार्जहरु भने तोकेको छैन् । अब छिट्टै जारी गरिने अन्तरपार्टी निर्देशनमा नयाँ जिम्मेबारी तोकेर खटाइने एमाले श्रोतले जानकारी दियो ।
गत वर्ष एमालेले केन्द्रीय नेताहरुलाई फरक फरक भूगोलमा इन्चार्ज तोकेर पठाएको थियो । प्रदेश इन्चार्जहरु आफ्नो प्रदेश भन्दा अर्को प्रदेशमा खटाइएका थिए भने जिल्ला इन्चार्ज पनि फरक जिल्लाका तोकिएका थिए । पालिका इन्चार्ज तोक्दा पनि यस्तै नीति अवलम्बन गरिएको थियो ।
अब भने भएसम्म आफ्नै भूगोलका नेतालाई इन्चार्जको जिम्मेबारी दिने निर्णय सचिवालय बैठकले गरेकाे उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।
त्यस्तै, अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा काम गर्न सक्ने नेताहरुलाई मन्त्री बनाउने निर्णय पनि सचिवालय बैठकले गरेको उपमहासचिव ज्ञवाली बताए ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
तनहुँमा बीस रोपनी जमीनमा सागखेती
सहकारी पीडितहरूको प्रदर्शनका क्रममा माइतीघरमा झडप
प्रधानमन्त्रीको चीन भ्रमणअघि मन्त्री हेरफेर र अध्यादेश तयारी
स्थायी नियुक्ति बदर गर्ने प्रदेश लोक सेवाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ